म के को लागि आएको र के पाएँ मैले

By Jaya Shrestha

२०७०/०२/१० गते को दिन म मामा डा. कमल मान श्रेष्ठको मा उपचारको लागि कृष्ण भाउजू मार्फत गएको थिए।  म थाइराइट को बिमारी थिए । थाइराइट को उपचार गर्दा जीवन भरी औषधी खानुपर्छ भनेर डा. ले भनेकाथिए । हाल मैले डा.कमल मान संग उपचार गरेपछि मैले औषधि खान छाडिदिए । म उठ्न नसक्ने हिंड्न नसक्ने हिडेपछी १५ मिनेट रेस्ट गरेपछी मात्र बोल्ने थिए। म बत्ती निभाएर नाच्ने आधा रातमा रातिको १२ बजेको समयमा बाटोमा चिच्यार हिडन मन लाग्ने मर्न मन लाग्ने हुन्थियो। मलाई अफिसमा साथिभाईहरुले र अरुले पनि हेप्ने गर्थें । मलाई थाहा थिएन मामाको मा मेरो उपचार हुन्छ भनेर तर पनि म अरु ठाउँमा जस्तै मन शान्त को लागि हो जाने भनेर सोच्थिए तर म त्यहाँ गएको ३,४ दिनमा नै अलि फरक पाए मेरो शरीर अलि हल्का हुन लाग्यो मन खुशी हुन लाग्यो जब कि मलाई हाँस्न मन लाग्दैन थियो।रिस उठ्थियो अरु संग बोल्न मन लाग्दैन थियो कतै पार्टीहरुमा पनि जान मन लग्दैन थियो। म यहाँ आएर यो सबै समस्याको उपचार पाए मेरो थाइराईट को उपचार भयो। मैले थाइराईटको औषधी खान छोडे। मेरो मुद्दा थियो मैले त्यो पनि जित्यो।अरु सबै समस्यको समधान भयो। मेन कुरा त म अकाल मृत्युमा पुगिसकेको रहेछु मलाई थाहा थिएन मैले यहाँ उपचार गर्दा बल्ल थाहा पाए कि म मृत्युको मुखमा पुगिसकेको रहेछु भनेर तर यहाँ मैले मेरो उपचार पाएर म स्वास्थ भएको छु । मेरो तेस्रो नेत्र पहिला नै अस्वस्थ अबस्थामा खुलेको रहेछ मैले पहिला नै भुत प्रेत लाई देख्थिए म प्रेतहरु संग दोहोरो कुरा गर्थें। मेरो शरीरमा प्रेतहरु आएर म हल्लिने काम्ने गर्थें । डा. कमल मान श्रेष्ठ को मा उपचार गर्ने क्रममा मेरो उपचार भएर मेरो अस्वस्थ तेस्रो नेत्रको उपचार गरेर स्वस्थ भएर म भगवानहरु संग दोहोरो कुरा गर्छु। मैले शिवजी संग हनुमानजी संग दुर्गा माता संग तालबाराही माता संग बिन्दुवासनी माता संग सितलादेवी माता संग भद्रकाली माता संग र अरु ब्रहमज्ञानी देविदेवताहरु संग दोहोरो कुरा गरेर ब्रहम को अनुभव पनि धेरै पटक गरिसकेछु। ब्रम्ह भनेको यस्तो ठाँउ रहेछ कि मनिस मरेपछी जुन त्यहाँ गएर बिलाउनु पर्ने रहेछ भन्ने थाहा भयो ।मरेपछि पनि त्यहाँ गएर सुखको अनुभव हुदो रहेछ। शान्त आन्नद श्वोप्रकाश को अनुभव हुदो रहेछ ब्रम्हमा पुगेर मैले शिवजी संग खाएको लाएको घुमेको अनुभव पनि गरे। मरेपछी हामी ब्रम्ह गएर बिलाउनु पर्ने रहेछ भनेर थाहा भयो र मेरो ब्रम्ह को अनुभव यसरी भयो कि ब्रम्ह भन्ने ठाउँ हुदो रहेछ जहाँ हामी मरिसके पछि जाने हो र त्यो ठाउँ मा मैले मेरो मरेको बाबालाई ब्रम्ह तारेको छु र मलाई दुख्ख दिने प्रेतहरुलाई पनि मैले ब्रम्ह पठाए । रिस ईश्या र म दुखाईले गर्दा म बोक्सी पनि भएको रहेछु अज्ञानताको कारणले अब छैन । मैले बोक्सीको बारेमा बुझे बोक्सी भनेको मान्छे आफै नहुदो रहेछ अदृश्य चिज हुदो रहेछ जस्ले मन दुखायो रिस गर्यो ईश्या गर्यो उसै संग उस्को रुप लिएर बस्ने रहेछ । मेरो अलपत्रमा परेका पितृहरुलाई मैले ब्रम्हमा पठाएर उनिहरुलाई तारे। ब्रम्ह देखि टाढा सदाशिव भन्ने ठाउँ छ जहाँ हामी मरिसके पछि सबै माया मोह रिस सम्पती परिवार सबै आवरणलाई र शिवजी लाई पनि त्यागेर हामी तेहा पुगेर बिलिन हुनुपर्छ भन्ने करा बुझेको छु र मैले सदाशिव को अनुभव गर्न बाकी छ ।

बच्ने आधार थिएन मेरो म मृत्युको मुखमा पुगिसकेको थिए पहिले।
केही गरि ब्रहम ज्ञान बुझ्ने मौका पाएर सुखको जीवन बिताएको छु अहिले।
धन्यवाद छ मामा हजुरलाई उपचार गरिदिनु भयो पहिले।
यहि उपचारले गर्दा सबैको माझ हाँस्न पाएको छु मैले।
श्रृस्ति के हो जीवन के हो र मृत्यु के हो थाहा पाए मैले।
तेहि श्रृस्ति जीवन र मृत्युमा ब्रहम् ज्ञान लुकेको रहेछ अहिले।

धन्यवाद मामा डा. कमल मान श्रेष्ठ, माइजू डा. ईन्दु श्रेष्ठ लाई मृत्युको मुखमा पुगिसकेको लाई नयाँ जीवन दिनु भयो। मलाई यहाँ सम्म ल्याएर डाेर्याउनु हुने कृष्ण भाउजू लाई पनि धन्यवाद ।।

 

Leave a Reply