By Dipendra Shrestha
चन्द्रमाँ मा पुग, चाहे मंगलग्रह मा।
चाहे पुग सात समुन्दर पार।।
जिन्दगी तब सम्म अधुरो छ ।
जब सम्म जान्दैनौ ब्रह्मको ज्ञान् ।।
धनी ब्यक्ति त्यो होईन..जसको सेफ पैसाले भरिएको छ।
धनी ब्यक्ती त्यो हो..जसमा ब्रह्मको ज्ञानले भरिएको छ ।।
मेरो-तेरो,सानो-ठुलो,आफ्नो-पराई,ईच्छा-चाहाना
सबै मन बाट निकाली देऊ ।
फेरि सबै तिम्रो हो,तिमी सबको ।।
रिस,क्रोध,माया,चाहाना को वजन एकदमै गरुँगो हुन्छ।
यो सबै निकाली फालेमा जीवन हलुँगो हुन्छ ।।