By Dipendra Shrestha
म बिन्दाबसिनी मन्दिरमा दर्शन गर्न गएको थिए।सुरुमा हनुमान जी मन्दिर अगाडी गएर हनुमान जी लाई प्रणाम् गरे।त्यस पछि हनुमान जी मेरो तेस्रो नेत्र कहिले खुल्छ होला भनी प्रश्न गरे तर उत्तर केहि आएन।त्यस पछि गणेश जी को मा गए।गणेश जी लाई प्रणाम् गरे।त्याहाँ पनि गणेश जी मेरो तेस्रो नेत्र कहिले खुल्छ होला भनी प्रश्न गरे तर त्याहाँ पनि केही उत्तर पाईन।
त्यस पछि शिव मन्दिर गए।शिव जी लाई प्रणाम् गरे।त्याहाँँ पनि शिवजी मेरो तेस्रो नेत्र कहिले खुल्छ भनेर प्रश्न गरे तर जवाफ् कहि पनि आएन।त्यस पछि सरस्वती मन्दिरमा गए।सरस्वती माता लाई प्रणाम् गरे।त्याहाँ पनि मेरो तेस्रो नेत्र कहिले खुल्छ भनेर प्रश्न गरे तर जवाफ् केहि पनि आएन।फेरि लक्ष्मीनारायण,राधाकृष्ण,रामसीता मन्दिरमा गए।
रामसीता भगवान लाई प्रणाम् गरे ।त्याहाँ पनि मेराे तेस्रो नेत्र कहिले खुल्छ होला भनी प्रश्न गरे।एक छिन पछि, मलाई के साेध्छै् ,शिवजी लाई गएर सोध भन्ने आयो,तर कता कता आफैले सोचर आएको जस्तो लाग्यो। त्यस पछि राधाकृष्ण भगवानलाई प्रणाम गरे। त्यहाँ पनि मेरो तेस्रो नेत्र कहिले खुल्छ भनी प्रश्न गरे तर जवाफ् केही आएन।अन्त मा लक्ष्मीनारायण भगवान लाई प्रणाम् गरे। त्यहाँ पनि मेरो तेस्रो नेत्र कहिले खुल्छ होला भनी प्रश्न गरे तर मैले गरेको प्रश्न पुरा हुन नपाउदै एउटा राईस कुकरमा गुज गुज हुँदै गरेको चामल को चित्र देखियो।यो देखे पछि के देखेको होला भनी बाहिर निस्किए।
प्रश्न गर्न जानेको भए अगाडी बढीन्थ्याे हाेला।
प्रश्न गर्न नजानेर अगाडी बड्नै सकिएन।