By Sushmita Tiwari
विदेश पनि जान्छु भन्छौ, यो ज्ञान प्रचार गर्छु भन्छौ ।
ब्रह्मज्ञान चर्चा गर्न, भन को को रेडी भाछौ ।।
झिल्केले नि सोची रहेछ, अब त किताब निस्केला नी ।
मैले भने सबजनालाई, कवितामै अल्झाई दिनी ।।
हातमा हात मिलाई अब, काम गर्ने दिन आयो हेर ।
सक्छौ भने ब्रह्मज्ञानी, म सँग माया लगाउने हो र ।।
सोचेको त थिइन मैले, यति सम्म होला भनि ।
त्यही पनि डोर्याईरहे, एकदिन आँखा खुल्ला भनि ।।
अब भने तिमीहरुलाई, नचिन्ने त को हुन्छ र ।
यति साथ दिंदा पनि, मनको पीडा भुल्दै नौ र ।।
सबजनाको एउटै धोको, मै शिवलाई पाउने अरे ।
म छु भनि थाहा नपाई, कैयौं मानिस कति मरे ।।
जति टाढा जान्छु म, त्यति मेरो पछि लाग्छन् ।
त्यही भएर होला यिनले, घमण्डको साचो बोक्छन् ।।
गल्ती गर्छन् हे शिव, भन्छन् फेरी माफ गर्दिनु ।
तिनको पोको मनैमा छ, भन मैले के गर्दिनु ।।
जति तिमी जोगी बन्छौ, त्यति मलाई सजिलो छ ।
त्यति गर्देउ पुग्छ मलाई, तिम्रो बाटो फुक्दै जान्छ ।।
क्लास पनि आऊछौ हेर, तर तिम्रो ध्यान पुग्दैन ।
पटक पटक भन्छ झिल्के, अब तिमीलाई ठाउँ हुँदैन ।।
अब त कुरा बुझ्देउ हेर, नयाँ मानिस थपिरहेछन् ।
तिमी जस्तै कैयौ मानिस, कति पीडा खपिरहेछन् ।।
बुझेका छौ तिमीले ज्ञान, अब आफै तर्दै जानु ।
जति धान्नु धानेउ झिल्के, अब तिमी आराम गर्नु ।।
ज्ञान त यिनले बुझेका छन्, व्यवहार मा लागु छैन ।
अब त कति भनम झिल्के, भयौ तिमी मान्यजन ।।
ब्रह्मज्ञानको निचोड़ अब, तिमीहरुले सिकाउनु छ ।
तिमी जस्तै आऊछन् अब, अब तिनलाई डोर्याउनु छ ।।
मेरो कुरा बुझिदियौ, प्यारो झिल्के बर्षौ लाएर ।
त्यसैले त मुरीमुरी, धन्यवाद र नमस्कार ।।