By Sushma Dhakal
कैलाशका सदाशिव भूइंमा झर्दा रैछन् |
सज्जनसँग भेट गरी कुरा गर्दा रैछन् ||
सजिलो कहाँ छ र ? उनलाई चिन्न |
लोभ, मोह, इर्ष्याबाट हुनुपर्छ भिन्न ||
सदाशिव सबै भन्छन्, पाउन पनि खोज्छन् |
ब्रम्हाज्ञानी हुन पनि सबै मानिस खोज्छन् ||
सदाशिव भेट्नुछ, ब्रम्हाज्ञानी बन्नुछ |
अन्तरदृष्टि चेतनाको बाटो लिनुछ ||
ज्ञान ज्योति बालेर तेस्रो आँखा खोल्नुछ |
तेस्रो आँखा खुलाई हेर मोक्क्ष हुनुछ ||