By Sushila Shrestha
कहाँ आयौ तिमी पुग्ने कहाँ हो ?
सधैं सोधछौ कति भन्ने हो |
ब्रह्मको ज्ञान बुझ र पढ ||
लोभ ,माया ,तृष्णा छोडी अगाडी बढ |
भवसागरको बारेमा बुझ र जान ||
पितृ र प्रेतलाई यो कुरा भन |
सधैं ब्रह्मज्ञानको भावमा गर बास ||
नातालाई छोडे अब तिमी हुन्छौ पास |
समय अब तिब्र गतिमा छ ||
ब्रह्मज्ञानको पोल अब खुल्नेछ |
साछ्यात प्रमाण हो तिमी ||
मलाई देखेकै होउ तिमी |
ब्रह्म देखाएँ ,सदाशिव पुराएं ||
त्यो मौका अब न गुमाए |
पठाईदिनेछु नयाँ बुझ्नेहरू तिमी कहाँ ||
उम्किन पाउदैनौ मिल्दा मौका त्यहाँ |
सधैं नियम र अनुशासनमा बस्नु ||
जान्ने पल्टेर कुरा थपेर नभन्नु |
म त्यहीं छु भनेर सधैं हेर्नु ||
टाढा बसेर शत्रुलाई केरकार गर्नु |
अब त कुरा बुझ्ने भैसकेका छौ ||
त्यसैले त म भन्छु तिमी बुझकारी भएछौ |
शिवजीकी जय ! जय !
(आज म एक्लै कोठामा बसेको थिएँ |अब हाम्रो वेबसाईट तयार भयो भन्दै मनमा कुरा खेलिराखेको थियो र अचानक मलाई एउटा कविताको याद आयो |त्यो कविता शिवजीले २०७३-३-९ मा शिवजीले दिनुभएको थियो तर पोस्ट गरेको थिइन |शिवजीले त्यो कविता पोस्ट गर भन्नुभयो र महिले पोस्ट गरें |पोस्ट गरेपछि बल्ल थाहा भयो कि आज समयसँग सन्दर्भ मिलेकोरहेछ |कविता आएको अगाडी नै हो तर आज बल्ल समय आएको भएर नै शिवजीले पोस्ट गर्न सम्झाइदिनुभयो |)
धन्यवाद !!