By Binod Shrestha
मान्छे हो कहिले काही अल्छी लाग्छ।
ब्रह्मज्ञानमा डुबे भित्रको पनि भाग्छ।।
गाह्रो छ है गर्न मामाको काम।
राजाको काम कहिले जाला घाम।।
लड़नु छ जितनु छ अगाडी जो बढनु छ।
दिन र रात नभनी काम भने गर्नु छ।।
आएको छ मलाई केही खबर।
सबैलाई भन्ने छ मेरो रहर।।
ब्रह्मज्ञानले नै ल्यायो जीवनमा खुसी र उमंग।
शिवजीको देखेर कला परें म एकदमै दंग।।
लेख्न थियो मलाई ब्रह्मज्ञानको बारेमा एकदमै मन।
छिट्टै केही साथीहरुलाई सोध्ने छु गाह्रो नमानि भन।।
केही दिन गरियो बिश्राम पढ़ने मात्रै भयो।
शिवजी पाए पछि अल्छिपना पनि गयो।।
अब त लाग्नु पर्छ कसेर कम्मर।
ब्रह्मज्ञानका कुरा धेरै नै छ गम्भीर।।
अगाडि बढ़ने र बढाउने छु ब्रह्मज्ञानमा लागेर।
संसारमा फैलाउनु छ कुरा यो अझै धेरै बुझेर।।
लागौ है साथीहरु अहिले नै कम्मर कसेर।
ब्रह्मज्ञानबाट नटाडिऊ अरु कुरामा फसेर।।
ब्रह्मज्ञान बुझ्न भने धेरै नै छ गाह्रो।
कहिले पेट गिलो त कहिले टाउको साह्रो।।
सकेसम्म सबै तृष्णा मेट्नु नै छ।
शिव पाएर पनि पछि छोड्नु नै छ।।
शिवजीलाई पासा बनाउनु जो छ।
अहिले देखि नै गुनगान गाउनु पो छ।।
मृत्यु पश्चात भने सदाशिवको अनुभव गर्नु नै छ।
त्यसैले अहिले लाज नमानि कविता लेख्नु नै छ।।
अहिले भने लेख्न स्थगित गर्नु पर्ने छ।
भोली बिहान उठेर काममा जानु छ।।