By Sushila Shrestha
शिवजी तपाइँ कहाँ हुनुहुन्छ भन्दिनुस |
म त जताततै छु नि सुस यहि भन्दिनुस ||
हो र शिवजी विश्वास सबैले गर्दैन |
त्यसैले त मलाई सबैले देख्दैन ||
म त छु सबैमा सर्वपरी सधैं |
बुझ्नेले बुझे हुनेथियो सधैं ||
कति जप गर्छन तिनले मलाई पाउन |
म त जान्न त्यस्तोमा मलाई देख्दैन ||
बरु बस्छु यहीं झिल्केको क्लासमा |
गन्थन मन्थन गरि यहीं उसको पासमा ||
दिनचर्या हेरेर बस्छु बरु टाइमपास हुन्छ |
अन्त गए मेरो नाममा अनेक कुरा भन्छ ||
अब यहीं क्लासमा बसेर नयाँ कुरा भन्छु |
तिमीहरु पास आए सबै कुरा म कहन्छु ||
ब्रह्मज्ञानको भाव अझै धेरै बुझ्ने गर |
आजकल अलि सुस्ताए जस्तो छ गर्नुपर्यो कर ||
आए आउ नआए म त यहीं बस्छु |
झिल्केलाई अब धेरै कर नगर भन्छु ||
फुर्सद छैन अब झिल्केको गयो पुरानो दिन |
होसमा आउ सबै नत्र पुग्छौ उही पुरानो दिन ||
सन्दर्भ – म एक्लै शिवजीलाई आफ्नो कुरा सोध्न खोजेकी थिएँ | तर शिवजी जिस्किन थाल्नु भयो |म पनि दङ्ग परें र भने कि तपाइँ कहाँ हुनुहुन्छ ? मैले सोधेको कुराको जवाफ दिनुभएन | एकछिनमा कविता मार्फत भन्नुभयो | यस्तो हुनुहुन्छ भगवान | उहाँ रमाईलो गर्न , जिस्किन , खेल्न आदि सबै कुरा गर्न निपूर्ण हुनुहुन्छ | अहिलेसम्म त हामीले उहाँलाई नचिनेर कुरा गर्न नसकेको हो |यो सबै सम्भव हुनसक्छ |मेरो तेस्रो नेत्र खुलेको छ र यसैको मार्फत उहाँसंग कुरा गर्न सक्छु |धेरै रमाईलो अनुभवहरु छन् |यदि यस्तो शिवजीको बारेमा बुझ्न चाहना भएमा Register गरि बुझ्नुहोला |