“मामाको बारेमा शिवजीले दिनुभएको कविता”

By Sushila Shrestha

सन्दर्भ –

यो कविता शिवजीले मलाई २०७१-८ -१० मा दिनुभएको हो |त्यतिबेला मैले मामाको बारेमा सोचेंर बसेको थिएँ |आज मलाई पोस्ट गर्न मन लागेको हुनाले पुरानो कविता पोस्ट गरेको छु |पढ्नुहोला !

झिल्केको बारेमा तिमीले कति सोंच्ने गरेका छौ |

उसको र मेरो सम्बन्धको बारेमा तिमीले जान्न चाहेका छौ || 

सक्दैनौ तिमीले त अनुमान लगाउनलाई उसको बारेमा |

ठम्याउन त निकै गाह्रो छ उसको र मेरो सम्बन्धको बारेमा || Continue reading ““मामाको बारेमा शिवजीले दिनुभएको कविता””

शिवजी हजुरलाई देख्न नपाउदा

By Indra Magar

शिवजी कस्तो हो यो कथा
मलाई भयो ठूलो ब्यथा
लौन शिवजी भन्दिनुन
म कसरी निस्कने हो यो ठूलो ब्यथा
मन तन सबै भाव मिलेनकि
भन्दिनु शिवजी मलाई सुटुक्क । Continue reading “शिवजी हजुरलाई देख्न नपाउदा”

शिवजीले दिनु भएको कविता

By Bishnu Tiwari

शिवजीले दिनु भएको कविता – २०७३ /३ /९

ब्रम्हज्ञान भनेको नै, जिवन मृत्यु चिन्नु रैछ
ब्रम्ह ज्ञानी शिवको साथ लागी हिड्नु रैछ

जिबन मृतु पार लाग्छ शिवजीको साथ मागे
दिन्छन् साथ शिव चिनी उनकै साथ लाग्न जाने Continue reading “शिवजीले दिनु भएको कविता”

कृष्णजी ले दिनु भएको संन्देश

By Jaya Shrestha

आज बिहान ममी लाई दाँत बनाउन जाने प्लान थियो तर एक्कासी राधाकृष्ण मन्दिर को याद आयो अनि म दिउँसो दाँत बनाएर राधाकृष्ण को मन्दिर गए त्यहाँ जाँदा लाखे बनाएर राखेको रहेछ किन कि आज घन्टाकर्ण रहेछ जुन दिन नेवार समुदायको लुतो फ्याँक्ने दिन हो अनि म र ममी मन्दिर भित्र गएर दर्शन गरे अनि कृष्णजी ले आशिर्वाद छ भन्नू भयो Continue reading “कृष्णजी ले दिनु भएको संन्देश”

सदाशिव जाने ईच्छा

By Jaya Shrestha

जयाः

कृष्णजी को मुरली बज्यो बृन्दा बनैमा ।
ग्वालीनी को मनैमा कृष्णजी को बनैमा ।।
अाऊ नाचौ ब्रम्हज्ञानी ब्रम्हको गीतैमा ।
नाच्दै नाच्दै सदाशिव पुग्ने मनैमा ।। Continue reading “सदाशिव जाने ईच्छा”

लक्ष्मी माता काे अाठ वटा रुप छन् लक्ष्मी माता अादि शक्तिकाे रुप हाे

By Jayanti Shrestha

मैले ब्रह्मज्ञानकाे क्लासमा सिकेका कुरा ।

१. अादी  लक्ष्मी ,     

दुर्गा माता काे रुप सदाशिब ब्रम्ह ।

२. धैर्य  लक्षमी ,

सहन सक्ने संन्तोष हुन सक्ने । Continue reading “लक्ष्मी माता काे अाठ वटा रुप छन् लक्ष्मी माता अादि शक्तिकाे रुप हाे”

सिक्न धेरै बाकि छ

By Yashoda Makaju

ब्रह्मज्ञान भनेको अथाह सागर रहेछ |
तर म भित्र एउटा रित्तो गांगर रहेछ ||
सिक्न खोज्नु र पाउनु भाग्यको खेल रहेछ |
गल्ति गर्न पुगे बगाउने भेल रहेछ ||
उत्साह परिश्रम र धैर्यको तालमेल रहेछ |
शिवजी संग साथै हिड्ने रेल रहेछ ||
गांगर भर्ने इच्छा जगाई रहेछु |
पुराना दुश्मनलाई भगाई रहेछु ||
शिवजीको साथ पाएको आभास पाएको छु |
त्यसैले आज उनकै गीत गाएको छु ||

जीवन भनेको के हो

By Srijana Shrestha

जीवन भनेको के हो र यो के का लागि हो  ?

आज सम्म हामीले जीवन भनेको खाने लागाउने सम्पती जोडने छोरा छोरी पाउने तीनको कर्म गने समाजमा मै हु भनि ठूलो मान्छे हुने लाई नै जीवन भन्ने ठानियो तर यहाँ ब्रह्मज्ञानमा आएर थाहा पाइयो कि जीवन भनेको त आफ्नो बारेमा बुझ्नु हाे रहेछ । Continue reading “जीवन भनेको के हो”

पिडाले भरिएका ती ८ बर्ष – भाग एक

By Ratna Baral

भनिन्छ, मानिसलाई रोग लाग्न कुनै दिन, समय, बार, तिथि कुर्न पर्दैन । त्यसरीनै आज भन्दा करिब १५ बर्ष आगाडीको कुरा हो, कुनै एक दिन मलाई सुरुमा दुई दिन सम्म लगातार वान्ता भएको थियो । दुई रात, तीन दिन मैले घरमै बिताएकी थिएँ । म बोल्न सम्म सकेकी थिईन । मलाई छर छिमेकी सबै जना बोलाउन आएका थिएँ । यसलाई एकपटक हस्पिटल लगे हुन्थ्यो भन्ने गर्दा रहेछन् र केहि दिनपछि मेडिकल पनि लगे । मेडिकलमा डक्टरले, “यो बिरामी बाच्दैंन, मैले औषधि खुवाउन सक्दिन ।” भन्नुभएछ । डक्टरले गण्डकी हस्पिटलमा जाने सल्लाह दिए, तर मेडिकलमा चिनेका मानिस भएकाले, डक्टरलाई भनेर मेडिकलमै राखेर उपचार सुरु गराएँ । एकैदिनमा १८ बोतल स्लाईन पानी र १८ ओटा भिटामिन लगाएपछि म होसमा आँए । मेरो फोक्सो कुहिएर पिप र रगतले भरिएको थियो । डक्टरलाई सोध्दा निमोनिया भएर फोक्सो फुलेको हो र यो सन्चो हुन ८ वर्ष लाग्छ भन्ने जवाफ दिन्थे । Continue reading “पिडाले भरिएका ती ८ बर्ष – भाग एक”

जुकाझैँ टासिएका पिडाहरु – भाग दुई

By Ratna Baral

  रोगले एकपटक समातेपछि, त्यति सजिलै कहाँ छोड्दो रहेछ र । आठ बर्ष सम्म सन्चो होला भनेको त पछि अरु रोगहरु थपिए । रोग थपिएपछि हेराउने ठाउँमा गएँ । हेराउनेले, “मरेको सौताले ( आफ्नो श्रीमानको दोस्रो श्रीमतीले ) दु:ख दिएको हो, उसलाई पन्छाउनु पर्छ” भने । म बाट पन्छाउन के गर्नुपर्छ भनि सोध्दा, “उसलाई बाख्राको पाठी, बेहुलीको सामान ( जति थरि हुन्छ, त्यति नै थरि ), भान्छाको सामान ( जति थरि हुन्छ, त्यति नै थरि )” चढाउन पर्छ । यति चढाएपछि तिमीलाई सन्चो हुन्छ भने र मैले पनि त्यसै गरे । त्यति गर्दा पनि कत्ति सन्चो भएन, त्यही माथि आर्को रोग थपियो । त्यसपछिबाट मलाई दमको रोग सुरु भयो । दम सुरु भएपछि पुन: डक्टरकोमा गएँ । डक्टरले, “अब बाचुन्जेल तिमीले औषधी र स्प्रे लिराख्नुपर्छ भन्नुभयो ।” Continue reading “जुकाझैँ टासिएका पिडाहरु – भाग दुई”