By Dipendra Shrestha
ब्रह्मज्ञानकाे क्लासमा भवसागर भन्ने बिषयमा निकै चर्चा हुन्छ । मामाले अाफ्नाे बिताकमा याे बिषय अझै प्रकाशित गर्नु भएकाे छैन । म यस बारेमा केहि चर्चा गर्न चाहनन्छु ।
मानिसको शरीर तीन वटा शरीर मिलेर बनेको हुन्छ । बाहिर बाट देखिने भौतिक तत्वको शरीर हुन्छ जसलाई स्थुल शरीर भनिन्छ।त्यस स्थुल भित्र चेतना को अदृश्य शरीर हुन्छ ,जसलाई लिङ्ग शरीर भनिन्छ ।त्यस लिङ्ग शरीर भित्र आत्मा हुन्छ ।यी तीन शरीर मध्येे चेतनाको शरीर वा लिङ्ग शरीर नै मनिसको प्रमुख शरीर हो।
जब मानिसको मृत्यु हुन्छ ,त्यहाँ भौतिक शरीर वा स्थुल शरीरको मात्र त्याग हुन्छ तर लिङ्ग शरीर भने जीबितै रहेको हुन्छ ।
वास्तविक जीवनमा हामीले जति पनि कार्य र कर्महरु गरेका हुन्छम् ,त्यो सबै लिङ्ग शरीरले नै गरेको हुन्छ ।जुन हाम्रो यो स्थुल शरीर ,लिङ्ग शरीर र अात्मा शरीरको संयुक्त शरीरले गरेका कामहरु छ ,पढेका बुझेका कुराहरु र अनुभवहरु छ,यो सबै स्थुल शरीरको मृत्यु पछि लिङ्ग शरीरमा याद रहिरहेको हुन्छ ।
त्सैले त्यस लिङ्ग शरीरले गरेका कामहरु,कामका यादहरु,कामका सम्बन्धहरु ,नाता सम्बन्धहरु,सुख , दु:ख रोजगार ,सम्पत्ति ,मित्रता ,शत्रुता सबै उसको चेतनामा रहेको हुन्छ र साथै लिएर जान्छ ।
मनिसको मृत्यु पछि उसले म मरिसके म त एउटा लिङ्ग
शरीर मात्रै हो भनेर बुझ्दै्न र कहाँ जानू पर्छ भन्ने कुराको ज्ञान् समेत हुदैन । उ त्यही घर,नातामा,सम्पत्तिमा,मायामा फर्कन खोजीरहेकोे हुन्छ ।
उसले हामीलाई देखिरहेको हुन्छ तर हामीले भने उसलाई देखेको हुँदैन ।उसले हामीसँग गुहार मगिरहेको हुन्छ तर उसले केहि पनि पाएको हुदैन ।
उसले हामीसँग खाना मागीरहेकोे हुन्छ ,पानी मागीरहेको तर उसले केहि पनि पाएको हुदैन।उसले खाने थालमा अरुले नै खाइरहेको हुन्छ ।उ सुत्ने खाटमा अरुनै सुतिरहेको हुन्छ ।उसले चलाउने गाडी अरुले नै चलाइरहेका हुन्छ।उसले गरेको ब्यापार ब्यवसाय अरुले नै चलाइ राखेको हुन्छ ।
आज होइन भोलि होइन बर्षैै दिन बिति सक्यो।उ ज्ञानको अभावमा आफ्नो परिस्थिति बुझ्न् नसकेर सधै अलपत्र परेर विभिन्न दु:ख कष्ट सहेर बसिरहेको हुदो रहेछ ।यही भ्रमको अवस्था अथवा दु:खको अवस्थालाई भवसागर भानिएको हो।
त्यस भवसागरमा के हुन्छ भने त्याहाँ मरेर अलपत्र भएर बसेका थुप्रै हुँदा रहेछन।अनि ती पुराना मरेकाहरुले नयाँ मरेकाहरु अएका छन भनेर थाहाँँ पाउनासाथ उनीहरु हर्न आउँदा रहेछन।(जस्तै गाउँ घरमा कसैले नयाँ दुलही बिबाह गरेर ल्याएका छन भनेर थाहाँँ भयो भने गाउँँलेहरु ,छिमेकीहरु हेर्न आउँँन्छन )त्यस्तै ती पुराना मरेकाहरुले नयाँ मरेर आएका छन भनेर थाहाँँ पायो भने उनीहरु हेर्न आउँदा रहेछन् ।उनीहरूले ती नयाँ मरेर आएकाहरुलाई जिस्काउँँदा रहेछन् ,इल्लिबिल्ली पर्दा रहेछन् ।कहिले यो खोला तर त,कहिले यो पाहाड चढ् त,कहिले यो आगो समात त भनेर इल्लिबिल्ली पर्दा रहेछन्।यी पुरानाहरु अर्कालाई जिस्काउने ,इल्लिबिल्ली पार्ने ईर्ष्या् गर्नेहरु सबै भुत प्रेतहरु भएर बसेको हुन्छन् भने नयाँ मरेर आएकाहरु भने पितृ भए। ती नयाँ मरेर आएका पितृहरु भुत प्रेत सङ्ग बसेर इल्लिबिल्ली परेर बसेका हुँँदा रहेछन्।त्याहाँ कस्तो हुन्छ भने ती पुराना मरेर भुत प्रेत भएकाहरुले नयाँ मरेकाहरुलाई विभिन्न त्राश ,डर ल्याई दिने गरेका हुन्छन,जस्तैः तँँलाई यो आगोले पोलीदिम ,तातो कराईमा हालीदिम,तँँलाई आरीले काटिदिम भनेर जिस्काउने र इल्लिबिल्ली पर्दा रहेछन्।यसरी मरेर काँहा जानू पर्छ भनेर थाहाँ नभई सधैं ती भुुतप्रेतहरु बाट इल्लिबिल्लिमा फसेका हुँदा रहेछन् ।यहीँ परिस्थिति अथवा दु:खको समयलाई नै भवसागर भनिएको हो।
मरिसके पछि भवसागर भन्ने हुँँदारहेछन् ।भवसागर भनेको भावनाको सागर हो। तर हामीले पानीको सागर भन्ने ठानेर गाईको पुच्छर समातेर सागरको वारीबाट पारी तर्याे भने भवसागर तरिन्छ भन्ने तिर लाग्यौ।तर याे पानीकाे सागर भने होइन ,यो चाहि भ्रमको सागर मात्रै हो।
भावनाको सगर वा भ्रमको सागरमा कहिले हावा हुरी आउने ,कहिले उडाउने ,कहिले आगो आउने ,कहिले पाहाडै आउने हुन्छ । यो हावा ,हुरी ,आगोबाट कसरी बच्ने भन्ने भ्रम सृजना गर्दछ। तर हामीले याे सबै भ्रम मात्रै हो भनेर जान्यो भने त्याे पाहाड,हावाहुरी,आगो सबै हराएर जान्छ । मानिसलाई
पो पाहाड चढ्नु पर्छ,हावाहुरीले उडाउन्छ,आगोले पोल्छ तर म त एउटा लिङ्ग शरीर मात्रै हो ,मलाई केहि पनि हुँदैन म जहाँ पनि जान सक्छु भनेर जान्याे भने उसको लागि केहि भ्रम रहदैन।
तर हामीले भगवान हुनु हुन्छ।पारिपट्टि शिवजी हुनु हुन्छ । यो सृष्टिमा भएका सम्पुर्ण चिजहरु त्यहीं ब्रह्मबाट उत्पन्न भएको हो। म पनि त्यहीँ ब्रह्मबाट केही समयकाे लागि उत्पन्न भएको हु र म पछि त्यहीँ ब्रह्ममा फर्कनु पर्दछ भन्ने कुरा जन्नु पर्दछ।फर्कदा मैले यो मेरोपरिवार,छाेरा,छेारी,श्रीमान्,श्रीमती,
घर,सम्पत्ति,रिस,क्रोध,माया जिम्मेवारीहरु सबैलाई यो मेरो होइन मलाई चाहिदैन।यो सबै कुराको मैले अनुभव गरिसके अब मलाई सबै कुरा पुगिसक्याे। अब परिपट्टी शिव हुनुहुन्छ,अब म त्यही शिवजी भएको ठाउँमा जाने हाे भनेर जान्याे भने उसको लागि यो भवसागर सगर रहदैन,पारीको किनारा देखिन्छ अर्थात नदीहुन्छ सगर भन्दा नदि सानै हुन्छ ।
अब म लिङ्ग शरिर मात्रै हाे। म अब परी नै जनु पर्छ भनि बुझेर शिवजी तिर फर्केर ल शिवजी आउनु होस,मलाई लगी दिनुहोस् भनेर भन्न जान्यो भने शिवजी आउनु हुन्छ र लागि दिनु हुन्छ तर हामीले बोलाउना साथ् शिवजी आउनको लगी हामीले ब्रह्मको ज्ञान् द्वारा सृष्टिको,जीवनको र मृत्युको रहस्य बुझेर तेस्रो नेत्रको ज्ञान् पनि बुझेको हुनु पर्दछ।
तेस्रो नेत्र मार्फत शिवजीलाई देखेर,उहाँ सङ्ग दोहोरो कुरा गर्ने,उहाँलाई सधै रिझाई राख्ने ,उहाँको सधै काम गर्ने र ब्रह्मको ज्ञानको बरेमा सधैं चर्चा गर्ने कामहरू गर्नु पर्दछ ।
तर हामीले शिवजी भएको ठाउँमा पनि जान्छु र यो घर,सम्पत्तिमा,छाेरा छाेरी्,नाति पनाती,मायामा पनि बस्छुु भनेर भन्याे भने शिवजीले लानु हुदैन।शिवजी भएको ठाउँमा जानको लागि म भन्ने भाावना समेत छाडनु पर्दछ।