By Sushila Shrestha
आज बिहान ५ बजे बिन्ध्यबासिनी माताको मन्दिरमा जान मन लाग्यो |मैले कृष्ण ,सिर्जना ,हेमा दिदी र मांगलाई फोन गरे र हामी ५ जना भएर मन्दिर गयौ |मन्दिर पुगेपछि पानी पर्न थाल्यो |मैले भने हैन माता हजुरकोमा आउदा पानी परेको राम्रो हुदोरहेछ क्यारे त्यसैले पानी झन् दर्कियो |जवाफ त केही आएन तर आभास हुनथाल्यो कि पानी परेर केही हुदैन माता त झन् खुशी पो हुनुभएको रहेछ |सिढी चढन लाग्दा हेमा दिदी र मसंगै थियौ |माताले रातो साडी लगाउनुभएको थियो र हामीलाई लिन सिढीमा ओर्लिनुभयो |उहाले रेनकोट पनि लगाउनु भएको थियो र हातमा एउटा ठूलो छाता पनि थियो र यो सिन म र हेमा दिदी दुबैजनाले एकसाथ देख्यौ |खुशी लाग्यो र छिटो छिटो सिढी चढी माथि मन्दिरमा पुग्यौ |त्यहा पुगेपछि माताको मन्दिरमा पस्यौ त्यहा मन्दिरको पुजारीका श्रीमान र श्रीमति थिए र उनीहरुले हामीलाई नमस्कार भनेर पण्डित बाहिर निस्किए |किनभने मन्दिरको पुजारीले हामीलाई चिनेको छ र हामीले मातासंग कुरा गरेको थाहा छ |उसको हातबाट हामीले टिका लगाउदैनौ भन्ने कुरा पनि प्रस्ट छ |मातालाई ल म त हजुरको मन्दिरमा आइपुगे र हजुरलाई ढोग छ भनी पाउमा ढोगे |माताले भन्नुभयो कि पाउ त मेरो पानीले भिजेको छ तिमीहरुलाई लिन जादा ,तिम्रो निधार पनि चिसो भयो कि भन्दै हास्नुभयो |मैले भने कि मलाई त चिसो भएको छैन बरु ढिलो आए माफी चाहन्छु |माता हस्नुभयो र भन्न थाल्नु भयो कि तिमीहरुको दुनिया बेग्लै छ आफ्नो काम , व्यापार र फुर्सद मिलाउनुपर्यो ठिक छ ,यसरी नै मिलाएर आउने गर |मैले हस माता भने |उहाले मामा ,माइजु र सम्पूर्ण मेरा ब्रह्मज्ञानीहरुलाई मेरो तरफबाट आशिर्बाद छ भनेर भन्देउ वेबसाईडमा , हेर्लान नि आजकल त फुर्सद निकालेर भन्दै हास्नुभयो |आजको दिनमा माताले यौटै कुरामा जोड दिनुभयो , त्यो के भने सधै कोशिस गरे असम्भब भन्ने केही हुदैन तर कोशिस अवस्य गर्नुपर्छ |मलाई यो खबर सबैलाई भन भन्नुभयो |मैले हस माता यो खबर म अवस्य भन्नेछु भने र आफैलाई गर्व लाग्यो कि आज मलाई माताले खबर भन्नको लागि पो म मन्दिर आएको रहेछु भन्ने कुरा पक्का भयो |सबै ब्रह्मज्ञानी भगवानहरु खुशी हुनुभयो र मनकामना माताले म टाढादेखि आईसके अरु ब्रह्मज्ञानीहरु आएनन भन्नुभयो |आज यौटा नया अनुभव भयो शिव मन्दिरमा |त्यहा पुग्दा पुजारीहरले शिव लिङ्ग सफा गर्दै थिए |केही पुजारीहरूले त हामीलाई चिन्छन र हाम्रो कुरा एकोहोरो लाएर सुन्छन |आज शिवजीलाई आएपुगे हजुरको मन्दिरमा मात्र के भनेको थिए ,शिवजी त यति ठूलो हुनुभएर ताण्डब नाच नाच्नुभयो |मैले आखा चिम्म गरेको थिए र दुवै हात जोडीराखेको थिए |आज शिवजीको प्रस्तुति बेग्लै थियो |बाघको छाला लगाउनु भएको,हातमा ठूलो त्रिशुल ,त्यस्मा डमरु,खुट्टामा मोटो कल्ली ,दुवै हातमा रुद्राछयको माला घाटिमा सर्पको माला र तिन स्टेप गरेर रुद्राछको माला लगाएर मलाई राम्रोसंग हेर भन्नुभयो |यता मलाई यस्तो भन्नुभयो उता हेमा दिदीलाई अब शुसिलालाई आज मेरो रुपको राम्रोसंग बर्णन गर भन र पोस्ट गर्न पनि भन्नुभएको रहेछ |दुबैजनाले यौटै भेषको शिवजी र यौटै कुरा भन्नुभए पछि त हामी सबै दङ्ग पर्यौ |हैन हामी आखिरमा कस्तो शिवजीसंग कुरा गर्दै छम ?यति राम्रो ,गहु गोरो ,धेरै स्मार्ट र चारैतिर उहाको त्यो चन्चले नजर |धेरै बेरसम्म दङ्ग परेर बसियो |यत्तीकैमा एउटा पुजारीले बेलपत्र चढाउनुस भनेर भने तर मैले हामीलाई पर्दैन यही ठिक छ तपाइँ चढाउनुस भने |ति पण्डितहरु सबैजनाले हेरे |शिवजी धेरै खुशी हुनुभयो |तिमीहरुले अझै मेहेनत गर र झिल्केको कुरा नकाटभन्दै यउटा हरियो दुबोको माला मामालाई लगाइदिनु भयो र मामाको अगाडी शिवजी यसरी झुक्नुभयो कि म त हेरेको हेरई भए |शिवजीले मामालाई कस्तो व्यवहार गर्नुहुदोरहेछ भन्ने कुरा आज प्रस्ट भयो र मैले हेमा दिदीलाई भन्दा त उहाले पनि मैले जे देखेको थिए त्येही देखेको रहेछ |सारै खुशी लाग्यो यो देखेर किनकी मामाको मेहेनत ,लगाव र त्याग कति रहेछ त नि भन्ने कुरा अलि भुझे |शिवजीले भन्नुभयो कि झिल्केले जस्तो त कसैले पनि सक्दैन तर तिमीहरुले मेहेनत चाहिँ धेरै गर है भन्नुभयो र बिदा हुनुभयो |
धन्यबाद !!