By Ratna Baral
म विगत १२ बर्ष देखि विभिन्न रोगहरुसंग लडिरहेकी थिएँ । बाह्र बर्ष सम्म डक्टरको औषधी, धामी झाक्रीसंगको हेराउने, फुक्ने र ब्रत बसेर पुजा पाठ गरेपनि मलाई सन्चो भएको थिएन । एकदिन म सृजना चोकमा बस्दै आएको भाईको घर गएकी थिएँ । कुराकानी को क्रममा भाई र बुहारीले मियाँपाटनमा एकजना डक्टर हुनुहुन्छ, त्यही उपचार गराउन जाम भने ।
“डक्टरको औषधी, धामी झाक्रीसंगको उपचार गर्दा पनि सन्चो नभएका रोगहरु उहाँले सन्चो बनाउनु भएको छ । त्यसैले म पनि त्यहाँ जाने गरेकी छु, र मलाई केहि सन्चो भएको महसुस पनि भएको छ” भनेर, बुहारीले भनिन् । उनीहरु पनि त्यही जाने गरेका रहेछन र मलाई पनि त्यही जाने सल्लाह दिए । एकछिन टोलाउँदै सोचे, “यती धेरै उपचार गर्दा त सन्चो नभएको रोग त्यहाँ गएर के सन्चो होला र ?” सुरुमा त म त्यहाँ नजाने निधो गरी घरमै बसिरहेकी थिएँ । अचानक १५/२० दिन पछि मलाई फेरी रोगले चाप्यो र अस्पतालमा भर्ना भए । ९ दिन सम्मको उपचार पछि म घर फर्किए । पूर्ण रुपले रोगहरु सन्चो भएको थिएन, त्यसपछि एक मन त भाई बुहारीले भनेको ठाउँमा उपचार गराउन जाऊँ कि जस्तो लाग्यो । त्यहाँ गएदेखि बाच्थे कि जस्तो लाग्यो र त्यही आशमा भाई बुहारीको सल्लाह अनुसार र डक्टर सरको अनुमति लिएर म त्यहाँ जान थाले ।
त्यहाँ जाँदै गर्दा धेरै कुराकानीहरु नै हुन थाले । न त कुनै औषधी दिनुहुन्थ्यो, न त कुनै सुई लगाउनुभयो । दिनहुँ जाँदा पनि कुराकानी मात्रै भयो । त्यहाँ भएका कतिपय कुराहरु मैले बुझ्थिन, कतिपय कुराहरु याद नै हुन्नथ्यो । कुराकानी मात्र गर्दा के उपचार होला र जस्तो लाग्यो । तैपनि आफ्ना समस्याहरु राख्दै जाँदा र अरुको समस्याहरु सुन्दै जाँदा उपचार भएको महसुस हुन थाल्यो । शरीरका केहि पीडाहरु कम हुँदै गएको महसुस गर्न थाले । उपचार भएको महसुस भएपछि अब त म बाच्छु की जस्तो लाग्न थाल्यो । त्यहाँ जाने क्रममा मैले, “यो रोग हाम्रै पुरानो संस्कारले गर्दा लागेको रहेछ ” भन्ने कुरा थाहा पाएँ र डक्टर सरले दिनुभएको ज्ञान अनुसार मैले मान्दै आएको पुरानो संस्कारलाई त्यागेर, वास्तविकता बुझ्न तिर लागे । वास्तविकता बुझ्न लाग्दा धेरै भुत, प्रेत, पितृ, नागहरु छेक्न आए, तैपनि डक्टर सरले ती सबैलाई तर्काई दिनुभयो र उहाँले भने अनुसार यो ज्ञान सिक्दै गए । यो ज्ञानलाई ब्रह्मज्ञान भनिन्छ । ब्रह्मज्ञान भनेको सृष्टीको, मानव जीवनको, अदृश्य चिजहरुको, मृत्यु पछिको जीवनको र तेस्रो नेत्रको ज्ञान हो ।
यो ज्ञान सिक्न निकै गाह्रो छ । जसोतसो यो ज्ञान सिक्दै जाने क्रममा म मा भएका रोगहरु पनि सन्चो हुँदै गएको छ । अहिले म पहिले जस्तो रोगी छैन, खानेकुराहरु केहि बार्नु परेको छैन, अस्पताल पनि जानु परेको छैन, पहिलेकोझैँ टन्न कपडा लगाएर, सिरक ओढेर सुत्नु परेको पनि छैन, ब्रत बस्ने, धामी झाँक्रीकोमा धाउनु परेको छैन । दम बढेर कोठा बाहिर निस्कन नसक्ने म, अहिले दिनहुँ भद्रकाली मन्दिर पुगेर आउँछु । ब्रह्मज्ञानले मलाई एउटा नयाँ जीवन दिएको छ । यो ब्रह्मज्ञान सिकाएर नयाँ जीवन दिनुभएको डा। कमल मान श्रेष्ठ ज्यु र डा। इन्दु श्रेष्ठ ज्युलाई हृदय देखिनै धन्यवाद छ । त्यस ब्रह्मज्ञान सिक्ने ठाउँमा लगिदिने भाईबुहारीलाई र ब्रह्मज्ञान सिक्न मद्दत गर्नुहुने सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई पनि धेरै धेरै धन्यवाद छ ।