By Binod Shrestha
लागेछ के रोग सबैलाई, कवितामा कुरा गर्न थाले।
सदाशिव को जाने होला भनि भोट मैले हाले।।
पालो त आएछ कसैको तर लैजान्छु उसैलाई मैले।
कविता मात्र हैन काम गरेर देखाऊ अईले।।
मैले भनेको मान लैजानेछु जब भन्छौ तिमीले।
यसरी लैजानेछु कि सबै बिर्सनेछौ अहिले।।
बुझ र मनन गर किन लगिन होला पहिला मैले।
परीक्षा नदिकन उतीर्ण हुन्छु भनी नासोच तिमीले।।
अहिले पनि लगेन भने सोध पालो आउँछ कहिले।
लैजानेछु तब जब उतारछौ जिन्दगीमा पहिले।।
यो त भयो मलाई आएको कविता। यो आएपछि सोधे के हो भनी शिवजीसँग मैले।
अचम्म लाग्छ मलाई आयो यो कविता लेखे मैले कमेंटमा।
कसलाई हो भनी सोध्दा पनि आएन उत्तर के गर्ने होला मैले आजको रातमा।।
गाह्रो छ है बुझ्न मलाई शिवजीको लीला।
पुगेन जस्तो लाग्छ मेरो ब्रह्मज्ञानको कला।।
त्यसै त भएको नरहेछ शिवजीको घाटी नीला।
ब्रह्मज्ञान नबुझनेको मुख हुन्छ पिला।।
मेसेंजरमा कुरा गर्दा पोख्यो इन्द्रले आफ्नो मनका कुरा।
शिवजीको दर्शन राम्रोसँग नपाउदा परेछ उसको मनमा छुरा।।
इन्द्र अस्ति भर्खर आएर भन्न थाल्यो भयो उसलाई ढीला।
अरु बर्ष दिन कटदा पनि भन्दैनन् केही किन होला।।
कविता त सबैलाई दिएको देख्छु मैले।
वास्ता नगरे कहाँ पाइन्छ सधै सबैले।।
हुन त जसले मेहनत गर्यो उही नै हो जाने।
त्यही पनि केटाहरुलाई हौसला दिन मैले यसो भने।।
दिएको छु टिप्स मैले आएको छ केटाहरुको पालो।
यही बेला पारेर सबैले शिवजीसँग बिन्ती गरी हालो।।
भनेको पुगेन कि अब लाग्नु पर्यो शिवजीको काममा।
गरी आयेऊ त सबै भनि आफ्नो गाममा।।
हिजो भने यसरी भयो राति कविताको सुरुवात एउटा गीतबाट।
कोही त छ जसलाई म आफ्नो भन्न सक्छु,
हृदयका सबै कुरा खुलेर भन्न सक्छु,
मेरो गल्तीलाई सच्चाई दिने,
मेरो खुसीमा हासिदिने,
सबैभन्दा माथि छ।
मेरो शिवजी छ।
आयो गीत एक्कासि टाइप गरी दिए मैले।
नपरेको पिर किन पार्न खोज्नु हुन्छ अईले।।
आएको थिएँ सुत्ने भनी म आफ्नो खाटमा।
आयो गीत गरियो टाइप आधा रातमा।।
कहिले मिठो त कहिले रूखो भई अगाडि बडाउछु सबैलाई।
किन यस्तो भनि बुझेको त बेबकूफ बनाउनु हुन्छ शिवजिले मलाई।।
नोट: माथि उल्लेखित कविताहरु एक्कासि सरासर आएका हैनन्। कुराकानी गर्दै जादा करिब एक घण्टाको अवधिमा आएको हो।